हिले बजारको हिलाम्य बाटो ( भिडियो सहित)

मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ

धनकुटा – मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–लेगुवा सडक कालोपत्र गर्न नहुँदा यात्रुहरु हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन। सडक विस्तार गर्न ठेक्का गरेको समय सकिएर थपिएको म्याद पनि सकिन लाग्दा समेत निर्माणको काम सुरु हुन सकेको छैन।

मध्यपहाडी लोकमार्ग अन्तरगत हिलेदेखि पाख्रिबास हुँदै पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंघा कन्स्ट्रक्सनले तीन वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने जिम्मा लिएको भए पनि सम्झौता अनुसारको काम हुन सकेको छैन।

सम्झौता अनुसार गएको चैत मसान्तभित्र सडकमा कालोपत्रे गरिसक्नु पर्ने थियो। तर, यो समयमा काम नगरेपछि सरकारले सम्झौता अवधी पुस १५ सम्म थपेको छ। सम्झौता अवधि भित्र सडक जसरी कालोपत्रे गरिसक्ने कञ्चनजंघा कन्स्ट्रक्सनका सञ्चालक टेण्डी दोर्जी शेर्पाले बताउनु हुन्छ।

करिब २९ करोडको लगानीमा सडक निर्माणको ठेक्का लिएको कञ्चनजंघा कन्स्ट्रक्सनले १३ किलोमिटर सडकका केही स्थानहरुमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ। लकडाउनले केही असर गरेको र अव सम्झौता अवधी भित्र निर्माण सक्न निर्माण कम्पनीसँग सँगै मिलेर काम गर्ने मध्यपहाडी आयोजना कार्यालय पाँचथरका प्रमुख सुरेश न्यौपाने बताउनु हुन्छ।

यो सडकको चौडा फराकिलो पार्ने काम मात्रै गरेर कन्स्ट्रक्सनले अलपत्र छाडेपछि अविरल वर्षाको कारण सडक खण्ड पूर्ण रुपमा क्षति भई दैनिक उपभोग्य सामाग्री दुवानी गर्न र मानिसहरु आवतजावत गर्न कठिनाई भइरहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.