सुनसरी घटनाबारे मुस्लिम आयोगको चासो

अध्यक्ष अन्सारीद्वारा सत्यतथ्य छानबिन गरी कारबाही गर्न निर्देशन

काठमाडौं– सुनसरीमा प्रहरीको हिरासतमा एक जना युवाको मृत्यु भएको घटनाप्रति मुस्लिम आयोगले चासो लिएको छ ।

यूरोप भ्रमणमा रहनुभएका आयोग अध्यक्ष समिम मियाँ अन्सारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग टेलिफोन सम्पर्क गरी घटनाबारे जानकारी लिनुभएको छ । उहाँले सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न निर्देशनसमेत दिनुभएको छ । ‘सुनसरीमा धेरै दुखद घटना भयो,’ उहाँले भन्नुभयो, ‘मैले पेरिसबाट सिडियो र सुरक्षा निकायसँग सम्पर्क गरी छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न भनेको छु ।’

घटनाबारे मुस्लिम आयोगले पनि पीडित र सरोकारवालाबाट जानकारी लिइरहेको अध्यक्ष अन्सारीले बताउनुभयो ।

हिरासतमा प्रहरीले दिएको यातनाका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि इनरुवा तनावग्रस्त भएको थियो । झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् ।

अन्तरजातीय र अन्तरधार्मिक प्रेम विवाह गरेका सुनसरी भोक्राहाका मोहम्मद हाकिम साहलाई पक्राउ गरी हिरासतमा राखिएकाबेला उनले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.