एमालेको १०औं महाधिवेशन चितवनमा, बादलको संयोजकत्वमा मूल व्यवस्थापन कमिटी गठन
काठमाडौं– नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।
स्थायी कमिटीको आज बसेको बैठकले बुटवलमा गर्ने भनिएको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । चितवन बादलको गृहजिल्ला पनि हो ।
प्रतिक्रिया राख्नुहोस्