प्रदेश १ : मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित
विराटनगर– प्रदेश नं १ को प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मको लागि स्थगित भएको छ ।
आजको बैठकमा मुख्यमन्त्रीको विश्वासको मतमाथि छलफल र मतदान हुने कार्यसूची रहेको थियो । बैठक स्थगित भएसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम समेत अनिश्चित बनेको छ ।
नेपाली कांग्रेस र एमाले पार्टीद्वारा आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि विश्वासको मतमाथि छलफल र मतदान हुने आजका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको हो ।
प्रतिक्रिया राख्नुहोस्