अख्तियारका १४ प्रहरीसहित १५ जनामा कोरोना संक्रमण
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १४ प्रहरीसहित १५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
१ सय ७९ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको अख्तियारका सञ्चार विज्ञ शरद अधिकारीले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएकामध्ये एकजना सवारी चालक हुन् ।
प्रतिक्रिया राख्नुहोस्