नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली- कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.