करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

हेटौँडा- नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युत्को तार पन्छाउने क्रममा करेन्ट लागेपछि उहाँलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा ल्याइएको थियो । उहाँको उपचारको क्रममा निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

शव परीक्षण गरी परिवारलाई दाहसंस्कारको लागि हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.