५३३ नयाँ संक्रमित थपिए, २४ घण्टामा एक जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर र १ हजार ८ सय १८ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हाल देशभर ७ हजार ६ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ सय ९९ जना आइसियु र ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।






प्रतिक्रिया राख्नुहोस्