सिन्धुलीमा निषेधाज्ञा

सिन्धुली– सिन्धुलीमा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुने स्थित बनेपछि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लामा शान्ति सुव्यावस्था कायम राख्न तथा कुनै अप्रिय अवस्था सृजना नहोस् भनेर आज दिउँसो ११ बजे देखि राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो ।
जिल्ला प्रसासन कार्यलयद्वारा कमलामाई नगरपालिकास्थित स्टाल बजार, जुनारचोक, बस पार्क, ग्वाङ खोलापुल, हस्पिटल रोड क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमको सभा, समारोह तथा जुलुस नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्