जापानको प्रधानमन्त्रीमा फेरि किशिदा

टोकियो- जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित हुनुभएको छ ।
गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाउनु भएको हो । संसदको विषेश अधिवेशनले उहाँलाई बहुमतका साथ निर्वाचित गरेको हो । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उहाँ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उहाँले मन्त्रिपरिषद्को सदस्यमा पनि आफ्नोअघिल्लो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्