चितवन भरतपुरका युवाहरुको लोभलाग्दो मेवा खेती

चितवन- चितवनको भरतपुर महानगरपालिका-१८ गुञ्जनगरमा चार जना युवाहरु मिलेर मेवा खेती गरेका छन् ।

उनीहरुले तीन बिगाह जग्गा भाडामा लिएर मेवा खेति गरेका हुन् । नयाँ केही काम गरौं भन्ने सोचका साथ शुरु गरेको मेवा खेतिबाट उनीहरु पहिलो लटमै चार हजार किलो मेवा बिक्री गर्न सफल भएको सुसन सिंह केसिले बताउनुहुन्छ ।

थाईल्याण्डबाट बीउ ल्याएर २५ लाख रुपैयाँ लगानी गरेर मेवा खेति गरेको उहाँले जानकारी दिनुभयो । उनीहरुले पहिलो लटमा चार हजार किलो मेवा ८० रुपैयाँको दरले बिक्री गरेको र दोश्रो लट टिप्ने तयारीमा रहेको छ ।

मेवाको मुख्य बजार काठमाडौं भएको र स्थानीय स्तरबाट पनि मेवा किन्न आउने गरेको सुसनसिह केसिले बताउनुभयो ।

मेवा खेतिमा मुख्य चुनौती भनेको भारतबाट आउने मेवा रहेको र भारतबाट आउने मेवा सस्तो भएका कारण प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको भनाई उनीहरुको छ ।

सरकारले अनुदानभन्दा पनि बजारको व्यवस्थापन गरिदिएमा मेवा खेतिबाट राम्रो आम्दानी लिन सकिने केसीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.