खाँदबारी नगरपालिकामा दुई दिन सार्वजनिक विदा

संखुवासभा– संखुवासभाको खाँदबारी नगरपालिकाले दुई सार्वजनिक बिदा दिएको छ ।
हरिबोधनी एकाशीको अवसरमा नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिहान बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका मेयर मुरारी प्रसाद खतिवडाले जानकारी दिनु भयो ।
कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा आइतबार र सोमबार दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताउनुभयो । कार्यपालिकाको निर्णयअनुसार दुई दिन सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहने छन् ।
चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठुलो मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुम लगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।






प्रतिक्रिया राख्नुहोस्