अध्यक्ष, उपाध्यक्ष र सचिवमा सहमति नभएपछि निर्वाचन प्रकृया शुरु, अध्यक्षमा रावलको उमेदवारी दर्ता

चितवन- नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको सूचीको प्रस्तावमा असहमति जनाउँदै अध्यक्ष पदमा नेता भिम रावलले आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ ।

पार्टीद्वारा गठित निर्वाचन आयोग समक्ष उहाँले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । रावलको प्रस्तावकमा महादेव बजगाई र समर्थकमा दुतकला विष्ट रहनुभएको छ ।

यसैगरी उपाध्यक्षमा घनश्याम भुसालले उमेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै पार्टी सचिव पदमा भिम आचार्यले उमेदवारी दिनु भएको छ ।

आज बिहान बसेको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नु भएको पदाधिकारी तथा सदस्यको सूचिमा असहमति जनाउदै उहाँहरुले उमेदवारी दर्ता गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.