एमाले महाधिवेशनः अझै सुरु भएन मतदान
चितवन– एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सर्वसम्मत प्रयास भएकाले मतदान सुरु भएको छैन ।
एमाले केन्द्रीय निर्वाचन आयोगले सर्वसम्मत प्रयास जारी रहेकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ गरेको छ । खुला केन्द्रीय सदस्यमा दुई जनाले उम्मेदवारी फिर्ता लिए सर्वसम्मत हुन्छ ।
राति नै मतदान हुने सम्भावना कम रहेको बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओली भने अझै पनि केन्द्रीय सदस्यमा नेताहरूबीच सहमति गराउने प्रयासमा रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्