एमाले महाधिवेशनः मतदान सकियो, २१५३ मध्ये २०९५ मत खस्यो

चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

मंगलबार बिहान ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार १५३ जना प्रतिनिधिमध्ये दुई हजार ९५ जनाले मत दिएको निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार एक घण्टापछि मत गणना हुने र चार घण्टामै परिणाम आउनेछ ।

विद्युतीय प्रणालीबाट मतदान भएकाले मतगणनामा धेरै समय लाग्दैन ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.