एमाले महाधिवेशनः मतगणना सुरु, केही समयपछि मतपरिणाम घोषणा हुने

काठमाडौं– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको छ ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा हुनुहुन्छ ।

विद्युतीय मेसिनबाट मतदान भएकाले गणना छिटो हुनेछ । केही समयपछि मतपरिणाम घोषणा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.