नेपाली काँग्रेसको महाधिवेशन शुरु हुन ३ दिन बाँकी : तयारी तीब्र

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औ महाधिवेशनको तयारीलाई व्यवस्थीत रुपमा अघि बढाउन पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ ।

पार्टी कार्यालय सानेपामा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थीत रुपमा सम्पन्न गर्नका लागि सवै तयारी पुरा गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा प्रचार प्रसार समिति, आवास समिति, स्वास्थ्य समिति लगाएतले उद्घाटन समारोहका तयारीका बारेमा जानकारी गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महाधिवशेनमा पार्टीको महामन्त्रीले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेश हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको प्रवक्ता शर्माले बताउनुभयो । उहाले महाधिवेशनको बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्र हुन सक्ने बताउनुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.