‘युवा भाषा विज्ञ पुरस्कार’ बाट ३ जना पुरस्कृत

काठमाडौँ- यस बर्षको ‘युवा भाषा विज्ञ पुरस्कार’ ३ जनालाई संयुक्त रुपमा प्रदान गरिएको छ । यस पटक पुरस्कृत हुने युवा भाषा विज्ञहरुमा त्रिभुवन विश्व विद्यालयमा विद्यावारिधी गरिरहनु भएका २ जना र भारतीय १ जना भाषा विज्ञ हुनुहुन्छ।

नेपालको तर्फबाट मञ्जु अधिकारी र सन्तोषकुमार लिम्बू तथा भारतबाट ज्योति शर्मा पुरस्कृत हुनुभएको हो । पुरस्कृत हुनुभएकाहरुलाई आज त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा आयोजित एक समारोहमा प्रमाण पत्र र पुरस्कारको राशी जनही १० हजार प्रदान गरिएको हो ।

सो पुरस्कार भाषा विज्ञान समाजका अध्यक्ष कृष्ण चालिसेले प्रदान गर्नुभएको हो ।

नेपाल भाषा विज्ञान समाजले हरेक बर्ष युवा भाषा विज्ञलाई प्रोत्साहन गर्ने उदेश्यले ‘युवा भाषा विज्ञ पुरस्कार’ दिँदै आएको छ ।

नेपाली युवा भाषाविज्ञलाई प्रोत्साहन गर्ने उद्देश्यले सिल इन्टरनेशनल नेपालको सहयोगमा एक दशक भन्दा अगाडिदेखि  प्रतिस्पर्धाको आधारमा ‘युवा भाषा विज्ञ पुरस्कार’ दिइँदै आएको भाषा विज्ञान समाजकी महासचिव डाक्टर अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

पुरस्कृत व्यक्तित्व मञ्जु अधिकारीले पश्चिमी तामाङ भाषिकाको वाक्य सङ्गठन प्रक्रिया, सन्तोष कुमार लिम्बुले लिम्बु भाषाको मानकीकरण र ज्योती शर्माले लिम्बु भाषाको वर्ण विज्ञानका बारेमा  भाषा विज्ञान समाजले आयोजना गरेको अन्तराष्ट्रिय कार्यशालामा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

भाषा विज्ञान समाजको ४२ औँ बार्षिक सम्मेलन यही मंसिर १० र ११ गते भर्चुअल माध्यमबाट भएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.