कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनमा लकडाउन

बेइजिङ– कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनमा लकडाउन गरिएको छ ।

जोखिम बढेपछि उत्तरी चीनको सियान सहरमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन्। डिसेम्बर ९ यता त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि लकडाउन लगाएको हो।

हिजो घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन्। चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.