नेपाल प्रहरीका एसएसपी यादव झुण्डिएको अवस्थमा मृत फेला

भैरहवा- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ ।

शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिनुभयो ।

संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरिएको थियो ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको तिवारी बताउनुभयो । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.