प्रधानमन्त्री देउवासँग डा केसीको भेट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग डा गोविन्द केसीले भेटेर शिक्षा र स्वास्थ्यलगायत विभिन्न मागबारे ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज डा केसीलगायतको टोलीले उहाँलाई भटेर शिक्षा, स्वास्थ्य, बिपी स्वास्थ्य प्रतिष्ठान, सर्वोच्च अदालत र निर्मला कुर्मीलाई न्यायलगायत विषयमा ध्यानाकर्षण गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री देउवाले डा केसीका जायज माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता जनाउनुभएको थियो । डा केसीले बिपी प्रतिष्ठानका अनियमिततामा मुछिएका पदाधिकारीलाई कारबाही गर्नुपर्ने, सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि पहलकदमी लिनुपर्ने, निर्मला कुर्मी हत्या प्रकरणको प्रभावकारी अनुसन्धान गर्नुपर्ने, निजी मेडिकल कलेजले विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त शुल्क लिएको समाचार आएकाले त्यस्तो कार्य रोक्नुपर्ने, प्रत्येक विश्वविद्यालयमा सरकारी मेडिकल कलेज खोल्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न निर्माण सम्पन्न भएका कलेजको हकमा पढाई सुरु गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

भेटमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, अधिवक्ताहरु ओमप्रकाश अर्याल र अधिकारकर्मी मोहना अन्सारीलगायत उपस्थित हुनुहुन्थ्यो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.