नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट बनाउन रोक

काठमाडौं– सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम रोक्न निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो । ‘सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.