३६३७ संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३६३७ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएको छ ।

देशभर ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता संगीता मिश्राले जानकारी दिनुभयो ।

२४ घण्टामा ७५५५ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा कोभिड– १९ संक्रमण दर ३३ दशमलव ९ प्रतिशत छ ।

काठमाडौं उपत्यकामध्ये काठमाडौंमा ८६८, भक्तपुरमा १७० र ललितपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.