माओवादी केन्द्रले माघ २८ र २९ का लागि बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले यही माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार साङ्गठनिक राजनीतिक विषयलाई टुङ्गो लगाउन बैठक बोलाइएको हो । यसअघि माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना सङ्क्रमित भएपछि बैठक बस्न सकेको थिएन ।

माओवादीको आठौँ महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.