नेपाली काँग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्वरमा
काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक अहिले जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बसेको हो ।
सत्ता साझेदार दलमध्ये तीन दलका ९८ जना सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि यसै बिषयमा छलफल गर्न बैठक बसेको हो ।
महाअभियोग प्रस्ताव पारित हुन प्रतिनिधि सभाका दुई तिहाई सांसदको आवश्यकता पर्दछ ।
यसका साथै पछिल्लो समय पेचिलो बन्दै गएको एमसिसी पनि आजको छलफलको विषय बन्ने काँग्रेसले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्