एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्रीको पहल, एमाले अध्यक्ष ओलीसँग बालुवाटारमा छलफल

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि पहल तीब्र पार्नुभएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलका नेता केपी शर्मा ओलीसँग एमसीसी अनुमोदनका लागि सहयोग माग्नुभएको हो ।

अध्यक्ष ‌ओलीले भने एमालेले ६ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी नभएको कारण आफ्नो माग पूरा गर्न आग्रह गर्नुभएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।

भेटवार्तामा प्रधानमन्त्री देउवासँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.