अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न र भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको अनुरोध

काठमाडौं- युक्रेनमा सम्भावित आक्रमणले तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीहरुलाई सतर्कताका लागि आग्रह गरेको हो ।

मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न भन्दै अत्यावश्यक परेर त्यहाँ बस्नु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ ।

नेपाली दूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा बर्लिन र मस्को स्थित नेपाली दूतावासमा सम्पर्क गर्न सक्ने पनि जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.