चितवनमा नयाँ प्रजातीको चरा

चितवन- हिमाली क्षेत्रमा मात्र पाईने सल्ने बगेडी चितवनमा पहिलो पटक फेला परेको छ । उक्त चरा चितवनको गैडा शिव मन्दीर नजीकै रहेको सिसौको बोटमा फेला परेको हो ।

बगाले बगेडी चरा अध्ययन र अनुगमन गर्ने क्रम उक्त चरा चुडामणी चौधरीले फेला पारेर फोटो खिचेका थिए ।
चितवनमा हालसम्म फेला नपरेको र पहिलो पटक फेला परेको बर्ड एजुकेसन सोसाईटीका अध्यक्ष रमेश चौधरीले बताउनु भयो ।

यो चरा २ हजार ४ सय ४० देखी ३ हजार ५० मिटर उचाईमा पाईने गर्दछ । अनुगमनको क्रममा एक जोडी सल्ने बगेडी फेला परेको हो ।

यो समेत चितवनमा नेपालमा १५ प्रजातीको बगेडी पाईने गरेकोमा यो समेत चितवनमा मात्र १० प्रजातीको बगेडी पुगेको छ ।

लजालु स्वभावको यो चरा घाँसे मैदान र खेतबारीको वरिपरि पाईने गर्दछ । हिमाली क्षेत्रमा चिसो बढेको कारण उक्त चरा तराई झरेको हुनसक्ने बिज्ञहरुले बताएका छन् ।

खासगरी यो चरा युरेपेली देशमा पाईने र नेपाल लगाएत एसियाको चिन अफगानिस्तानमा पनि पाईने गरेको छ । यो नयाँ प्रजातीको बगेडी फेला परेपछी चितवनमा ६ सय ५९ प्रजाती चरा पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.