अरनिको राजमार्गस्थित साँगामा स्थानीयको अबरोध : राजमार्ग बन्द

काभ्रे- सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्तले साँगामा आन्दोलन गर्दा साँगा तनावग्रस्त भएको छ ।

बुधबार राति काभ्रेको साँगामा सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । सवारीको ठक्करबाट बनेपा नगरपालिका वडा नं. १४ का विशाल तामाङको मृत्यु भएपछि उनका आफन्तहरु आज साँगामा आन्दोलनमा उत्रेका हुन् ।

मृतकका आफन्तहरुले बिहिबार अरनिको राजमार्ग साँगामा आन्दोलन गर्दा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्ग अन्तर्गत साँगामा गएराति सवारी साधनले ठक्कर दिँदा तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिए ।

रातको समय भएकोले ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको प्रहरी निरीक्षक कोईरालाले बताए । यद्यपी तामाङलाई ट्रिपरले ठक्कर दिएको हुनसक्ने आशंका गरिएको छ ।

ठक्कर दिने सवारी साधनको खोजी भइरहेको कोइरालाले बताए । वडा नं. १४ का स्थानीय राजमार्गमा उत्रेर आन्दोलन गर्दा अरनिको राजमार्गमा सयौं सवारी रोकिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.