प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक एमसीसीमा सहमति नजुटेपछी सुचना टाँस गरी स्थगित गरिएको थियो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल हुने बताइएपनि दलहरुबीच ठोस सहमति बन्न बाँकी छ ।

तर संसदबाट एमसीसी अनुमोदन गर्ने बारे दलहरु भने आपसी छलफल र परामर्शमा ब्यस्त भएका छन । गठबन्धन नभत्किने गरी एमसीसी अगाडी बढाउने गरी सहमतिको प्रयास भैरहेको नेताहरुले बताउनु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.