निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

काठमाडौं- निर्वाचन आयोग १७ राजनीतिक दलका प्रतिनिधिसँग स्थानीय तह निर्वाचनबारे छलफल गर्दै छ । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग शुक्रबार आयोगले छलफल गर्न लागेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान साढे ११ बजे छलफलका लागि आयोगमा बोलाएको जानकारी दिनुभयो । निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल गर्न लागिएको उहाँले बताउनुभयो ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आयोगले ७९ दललाई मान्यता दिनएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.