एक महिनासम्म चल्ने “घर-घर जाऔं, काँग्रेस जिताऔं” अभियान आजदेखि सुरु

काठमाडौं- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले चुनावी अभियान ‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आजदेखि सुरु गरेको छ ।

यस क्रममा नेपाली काँग्रेसले देशका सबै जिल्लामा आजदेखि अभियान सञ्चालन गर्दैछ । अभियानका लागि पार्टिले ७७ जिल्लामा केन्द्रिय सदस्यहरु पनि खटाइसकेको छ ।

नेपाली कांग्रेसले समृद्ध लोकतन्त्रको विकास तथा संसदबाट पारित एमसिसीले नेपालको विकासमा पार्ने सकारात्मक भुमिकाका विषयवारे आम जनतालाई बुझाउने चुनावी एजेन्डा बनाएको छ ।

पार्टिले जारी गरेको ८ बुँदे चुनावी एजेन्डालाइ हरेक नागरिकको दैलोमा पुगेर आफ्ना कुरा प्रष्टसँग राख्ने अभियान काङ्ग्रेसले अघि सारेको हो ।

यस क्रममा रोल्पास्थित जिल्ला पार्टी कार्यालयमा केन्द्रीय र प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा चुनावी अभियानको शुभारम्भ गरिएको छ ।

अभियानका लागि नेपाली कांग्रेसले अघि सारेको आवधिक संसदको रक्षा, लोकतन्त्रका साथै सामाजिक-आर्थिक रुपान्तरण सम्बन्धी ८ बुदे चुनावी एजेण्डा सुनाइएको थियो ।

चुनावी अभियानका क्रममा काँग्रेसले मतदाताहरुलाई मतदानमा सहभागी हुन अपिल गर्ने, पार्टी भित्रको एकतालाई थप सौहार्दपूर्ण बनाउने, हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीतिलाई कार्यान्वयन गराउने, नेपाली काँग्रेसको नेतृत्वमा हासिल गरेका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरमा राख्ने र नेकपाको सरकारले गरेका गलत कामलाई जनसमक्ष राख्ने, एमसीसी बारेको भ्रम चिर्ने जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.