चुनाव तोकिएकै समयमाः प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको समयमा नै हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

मोरङको सुन्दर हरैंचा नगरपालिकामा आयोजित प्रधानमन्त्री देउवाले तोकिएको समयमा निर्वाचन गराउन सरकारले सबै सहयोग गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले संविधानले स्थानीय तहलाई विकास निर्माणको प्रमुख जिम्मेवारी दिएकाले पारदर्शी र उत्तरदायी ढंगले जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । उहाँले संघीयताप्रति विश्वास दिलाउन पनि स्थानीय तहहरुले जिम्मेवार भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख शिवकुमार ढकालले तोकिएको समयमा प्रशासनिक भवन निर्माण सम्पन्न गर्नका लागि आवश्यक बजेट उपलब्ध गराइदिन सरकारसँग माग गर्नुभयो ।

करिब २७ करोड रुपैयाँमा निर्माण हुन लागेको प्रशासनिक भवनका लागि नेपाल सरकारले ४ बिगाहा ८ कट्ठा जग्गा उपलब्ध गराएको छ । मोरङको सुन्दर हरैंचा पुग्नु भएका प्रधानमन्त्री देउवाले ३५ करोड रुपैयाँको लागतमा निर्माण भएको ३५ शैयाको अस्पतालको समेत उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.