एम्बुलेन्स सहयोगः सुत्केरी गराउन ट्याक्टरमा अस्पताल लैजानुपर्ने अवस्थाको अन्त्य

मकवानपुर- बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको माधबराज सुमार्गी स्मृती कोषले मनहरी गाउँपालिका-१ चकरिमा एम्बुलेन्स सहयोग गरेको छ ।

स्मृती कोषका अध्यक्ष अजेयराज सुमार्गीले एक कार्यक्रमबीच उक्त एम्बुलेन्सको साँचो सो वडाका वडाध्यक्ष तथा श्री शान्ति स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षलाइ संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

बिगतका दिनमा एम्बुलेन्सको अभावमा बिरामी भएर अस्पताल जान नसकिने, बजारबाट एम्बुलेन्स बोलाउँदा नआउने, सुत्केरी गराउन अस्पतालमा लैजान ट्याक्टरको प्रयोग गर्नुपर्ने जस्ता कारण गर्भमै बच्चा गुमाउनु परेको अवस्था थियो ।

अब उक्त गाउमा अब सबैले स्वास्थ सुबिधा लिन सकिने र कोहि यो सेवाबाट वञ्चित हुन नपर्ने भएको छ । आधारभूत स्वास्थ उपचार गर्न समेत जटिल परिस्थिति आएसँगै वडाध्यक्ष शिब प्रसाद खनालको पहलमा माग भै आएकोले माधवराज सुमार्गी स्मृती कोषबाट एम्बुलेन्स सहयोग गरिएको बताइएको छ ।

ट्रस्टका अध्यक्ष तथा समाजसेवी अजेय राज सुमार्गीले सबै मानिसले आपनो कमाइको केहि हिस्सा सामाजिक क्षेत्रमा योगदान गर्नु पर्ने, आफ्नो गाउँ समाज बनाउन कोहि बाहिरका मानिस आएर नभई आफैले योगदान दिई बनाउनु पर्नेमा जोड दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.