चिनियाँ विदेशमन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता आज

काठमाडौं– नेपालको तीनदिने भ्रमणमा आउनुभएका चिनियाँ विदेश मन्त्री वाङ यीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ।

यसैगरी आजै नेपाल र चीन बीच परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय वार्ता हुँदैछ । दुई देश बीच हुने सो बार्तामा चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले र नेपाली पक्षको नेतृत्व परराष्ठ्र मन्त्री डा. नारायण खड्काले गर्नु हुने परराष्ट्र मन्त्रायले जनाएको छ। चिनियाँ विदेश मन्त्री वाङले काठमाडौंबाटै पोखरा क्षेत्रीय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।

विदेश मन्त्री वाङ आज बिहान शिवपुरी हाइकिङका लागि जानुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु हुनेछ। चिनियाँ विदेशमन्त्रीको राजनीतिक भेटवार्ताको क्रममा पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई पनि बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेश मन्त्री वाङ पाकिस्तान,अफगानिस्तान र भारत हुँदै काठमाडौं आइपुग्नु भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.