नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवस आज

काठमाडौँ- नेपाल पत्रकार महासंघले आज आफ्नो स्थापनाको ६७औँ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइरहेको छ ।

यसैक्रममा आज महासंघले राजधानीमा प्रभात फेरी, रक्तदान र अन्तर्कृया कार्यक्रमको आयोजना गरेको ।

यसैगरी, विभिन्न जिल्लाहरुमा पनि जिल्ला कार्यसमितिहरुले कार्यक्रमहरुको आयोजना गरेका छन ।

रक्तदान गरेर पत्रकारले मनाए स्थापना दिवस

रगत अभावका बेला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासङ्घको स्थापना दिवस मनाएको छ । महासङ्घको ६७औँ स्थापना दिवसका अवसर रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो ।

पत्रकार महासङ्घ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासङ्घका जिल्ला अध्यक्ष श्रवण देव लगायतले रक्तदान गर्नुभयो ।

यसैगरी पत्रकार रक्षा चौधरी, ओमप्रकाश साह, हेमशङ्कर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागार्इं, सामाजिक कार्यकर्ता रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साह लगायतले रक्तदान गर्नुभएको छ ।

विसं २०११ चैत १६ गते पत्रकार महासङ्घको स्थापना भएको हो । महासङ्घको स्थापना दिवसका अवसरमा सहभागी प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नाका साथै सञ्चार क्षेत्रले सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी रहेको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानुन र संरचना निर्माणका लागि महासङ्घले थप पहल र खबरदारी गर्नुपर्ने सञ्चारकर्मीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.