पाँचौँ बिम्स्टेक सम्मेलन : सङ्गठनको बडापत्र अनुमोदन

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ ।

श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गर्नुभएको हो । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ ।

सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ । कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’मा हस्ताक्षर गर्नुभएको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गर्नुभयो ।

तीन वर्षअघि काठमाडौँमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्स्टेक निर्माण गर्न बडापत्रको आवश्यकता, सङ्गठनको पुनःसंरचना, सङ्गठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.