नेपाली काँग्रेस स्थानीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
काठमाडौँ- नेपाली कांग्रेसले‘स्थानीय तह निर्वाचन परिचालन समिति’ लाई पूर्णता दिएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिलाई पुर्णता दिनु भएको हो ।
विस्तारित समितिमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित सहमहामन्त्रीहरु र केही केन्द्रीय सदस्यहरुलाई मनोनित गर्नुभएको छ ।
स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्