प्रधानमन्त्री देउवा बनारस जानुहुँदै, आज स्वदेश फर्कनुहुने

नयाँदिल्ली- प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारीक भ्रमण पूरा गरी आज स्वदेश फर्किने कार्यक्रम छ ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले आज बिहान भारतको धार्मिकस्थल बनारस जानु हुनेछ । प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुहुनेछ ।
बनारस भ्रमणका क्रममा देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा शुक्रवार भारत प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदि सहित उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभयो ।-






प्रतिक्रिया राख्नुहोस्