मालीमा २०६ विद्रोही मारिएको सेनाको दावी

अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २०६ जना बिद्रोही लडाकू मारिएका सेनाले बताएको छ । मालीको सहेल राज्यको मौरा क्षेत्रमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको हो ।

कारबाहीकै क्रममा ५१ जनालाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ ।

दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकू समुह पछिल्लो समय सक्रिय हुन थालेपछि सेनाले उनीहरूबिरुद्ध कारबाही तीब्र बनाएको हो ।

मालीमा द्वन्द्वका कारण हजारौं विस्थापित भइसकेको छन् । सो बिद्रोही समूहले पछिल्लो समय मालीको मोरा गाउँमा गरेको आक्रमणमा ३ सय नागरिकको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मालीमा इस्लामिक स्टेट (आइएस) र अलकायदा सम्बद्ध बिद्रोही समूह सक्रिय रहेको सरकारको दावी छ ।

करिब दुई करोड १० लाख जनसङ्ख्या रहेको मालीका विभिन्न शहरमा सन् २०१२ देखि विभिन्न विद्रोही र लडाकूको नियन्त्रण रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.