क्यालिफोर्नियाको साक्रामेन्टोमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु, ९ घाइते

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्त हुँदा गोली लागि छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा कम्तीमा नौ जना घाइते भएका छन् ।

प्रहरी विभागले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, “घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये छ जनाको मृत्यु भएको छ ।”

साक्रामेन्टोमा हिजो बिहान सबेरै गोली हानाहान भएपछि प्रहरीले धेरै सडकहरू बन्द गरको थियो । विगत केही वर्षमा संयुक्त राज्य अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।

सन् २०२० को चुनावको शिलशिलामा तनाज बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र कोभिड–१९ महामारीको कारण भएको आर्थिक तथा सामाजिक व्यवधानका कारण अमेरिकामा हिंसात्मक गतिविधिमा वृद्धि भएको हो ।

बन्दूक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ले गरेको एक अध्ययन अनुसार यस बर्ष सम्म देशमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको मृत्यु भएको छ । यस अवधिमा अमेरिकामा कम्तिमा ११० स्थानमा सामुहिक आक्रमण भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.