कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन

बाँके– बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । सम्पर्कविहीनहरु प्रायः सवै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका छन् ।
पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्