बालकोट बैठकः चुनावबारे अलमलमा नपर्न र तयारीमा जुट्न पार्टी कमिटीहरुलाई निर्देशन

काठमाडौं- नेकपा एमालेले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । बालकोटमा बसेको एमाले सचिवालयको बसेको बैठकले निर्वाचन सार्ने षड्यन्त्रको प्रतिवाद गर्ने निर्णय समेत निकालेको छ ।

बैठकपछि एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले चुनावबारे अलमलमा नपर्न र तयारीमा जुट्न समेत पार्टी कमिटीहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले घोषणा पत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको छ । ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिने गुरुङले बताउनुभयो ।

बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले १२ वटा विभाग गठन गरेको छ भने सल्लाहकार परिषदमा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.