स्थानीय निर्वाचन : देशभर उम्मेदवारी मनोनयन शुरु, प्रमुख दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त

काठमाडौँ- देशभर आज स्थानीय तह निर्वाचन अन्तर्गत उमेद्वारहरुले मनोनयन दर्ता गर्दैछन । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज र भोलि देशका सबै स्थानीय तहमा उमेद्वारले मनोनयन गर्ने कार्यसूची छ ।

७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा आज र भोलि दुई दिन स्थानीय तहको निर्वाचनकालागि उम्मेदवारको मनोनय दर्ताको कार्यक्रम शुरु भएको हो।

मनोनयनको समय शुरु भएपनि प्रमुख दलहरुले उमेद्वारहरुको टुंगो लगाउन अझै बाँकी रहेकोले आज भन्दा भोलि मनोनयको लागि दलहरु जाने भएका छन । खासगरी, नेपाली काँग्रेस लगायतका सत्ता साझेदार दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकाले कुन स्थानीय तहमा कुन पार्टीको उमेद्वार बनाउने भन्ने विषय अझै निधो नहुँदा दलहरु मनोनयनमा जान सकेका छैनन । त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि कतिपय ठाउँमा उमेद्वारको टुंगो लगाउन बाँकी नै छ ।
आज बेलुकीसम्म गठबन्धनमा रहेका दलहरुले उमेद्वारहरको टुंगो लगाउने र भोलि उमेद्वारी दर्ता गर्ने जानकारी दलका केन्द्रीय नेताहरुले दिनुभएको छ ।
तर सहमति भएको ठाउँमा भने आजै उमेद्वारहरुले मनोनयन गर्ने तयारी गरेका छन ।

उता निर्वाचन आयोगले उम्मेदवारी मनोनयन कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको भन्दै दलहरुलाई उम्मेदवारी मनोननयमा समावेशिताको ब्यवस्था र आयोगले जारी गरेका निर्देशन एवम् आचार सहिता कार्यान्वनमा ध्यान दिन आग्रह गरेको छ ।

देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ।

वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका आयोगले तय गरेको छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले पत्रकार सम्मेलना गरी जानकारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.