मायादेवी पूर्ण खोप सुनिश्चित पालिका घोषणा

रुपन्देही– रुपन्देहीको मायादेवी गाँउपालिकालाई कोभिड १९ बिरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

पालिकामा बसोबास गर्ने १२ बर्ष उमेर समूह माथिका ३९ हजार २८४ जना नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

पालिकालाई जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईं, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको उपस्थितिमा गाउँपालिका अध्यक्ष धुव्रनारायण चौधरीले पुर्ण खोप पालिका घोषणा गर्नुभयो ।

मायादेवी गाउँपालिका रुपन्देहीमा पुर्ण खोप घोषणा हुने पालिका मध्ये ८औं पालिका हो ।

हालसम्म देशभर १४ बटा पालिका मात्रै कोभिड १९ विरुद्धको पुर्ण खोप पालिका घोषणा भएका छन् ।

मायोदेवी गाउँपालिकालाई नियमित खोपको दिगोपना सुनिश्चितता र वडा नम्बर ३ लाई पूर्ण सस्था प्रसुती वार्ड घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले जानकारी दिनुभयो । साथै पालिका भित्रका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईं, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिना लगायतले बोल्दै पालिकाले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.