विद्युत प्राधिकरण परिसरमा ढुङ्गेधारा उत्खनन हुने

काठमाडौं- नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पूरानो ढुङ्गेधारा उत्खनन् गर्नुपर्ने माग सम्पदा अभियन्ताहरूले राखेका छन् ।

शुक्रबार सम्पदा संरक्षण महाअभियानसँगै समूहकाे नेतृत्व गर्दै बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले सिंहदरबारस्थित पुरातत्व विभागका दामोदर गौतमसमक्ष ज्ञापनपत्र बुझाउनुभएकाे हाे ।

ज्ञापनपत्र बुझ्दै महानिर्देशक गौतमले असार मसान्तपछि उत्खनन गर्न पहल गर्ने बताउनुभएको छ । यस्तै, पर्यटन मन्त्री श्रेष्ठले साे धारा उत्खनन गर्न मन्त्रालयबाट सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

सम्पदा संरक्षण महाअभियानका संयोजक यादवलाल कायस्थले प्राधिकरण परिसरसँगै मुख्य सडकमा राखिएकाे एटीएम काउन्टरपछाडि सो धारा रहेको गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभयाे ।

सम्पदा अभियन्ता शैलेश वरे शाक्यका अनुसार यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग ज्ञापनपत्र बुझाइसकेकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.