सडकमा बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु
बैतडी- सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा आज दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-२ देहिमाडौका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लाबड रहेका छन् ।
देहीमाण्डौँ-गिरेगडा सडकखण्डअन्तर्गत सुन्दरखालीमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा आज खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको हो ।
उहाँले भन्नुभयो, “खेल्नका लागि सडकमा जम्मा भएका ५-६ जनामध्ये एक जना पहिला खाल्डोमा गएका रहेछन्, उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेका भन्ने खुल्न आएको छ ।”-
प्रतिक्रिया राख्नुहोस्