धनकुटामा पहिरोले २ घाइते, २ घरमा क्षति

धनकुटा– अविरल वर्षाका कारण पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका २ मा २ जना घाइते भएका छन्।

शुक्रबार बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा २ घर पर्दा २ जना घाइते भएको प्रहरीले जनाएको छ। पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ।

पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उहाँकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँहरु दुबैलाई उपचारको लागि सुनसरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको दाहालले जानकारी दिनुभयो ।

पहिरोले पुर्दा बुढाथोकीको घर, घर भित्रको सामान, अन्नपात, सुनचाँदी, नगद गरि अन्दाजी ४० लाख र कटुवालको घर, घर भित्रको सामान, सुनचादीँ गरि ३० लाख बराबरको क्षति भएको दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.