नेपाललाई पर्यटन क्षेत्रको आकर्षक गन्तव्यका रुपमा विकसित गर्नुपर्छः पर्यटन मन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाललाई पर्यटन क्षेत्रको आकर्षक गन्तव्यका रुपमा विकसित गरिनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल बाह्रै महिना पर्यटनका लागि उपयुक्त रहेको सन्देश संसारभर पुर्‍याउनु पर्ने बताउनु भयो । विकासका नाममा पर्यटक पदमार्गहरु बिगार्न नपाइने उहाँको भनाइ थियो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रमा योगदान पुर्‍याएकोमा नेपाल टेलिभिजनका प्रदिप चापागाईं, न्युज एजेन्सी नेपालका प्रमुख सबिन धमला, राससका अच्युत रेग्मी, हिमालय टेलिभिजनका शंकर पण्डित लगायतका पत्रकारलाई तान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । टानको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.