प्रतिनिधिसभाको बैठक आज बस्दै, नागरिकता विधेयक फिर्ताबारे जानकारी गराउने कार्यसूची

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधिसभा बैठकमा जानकारी गराइने भएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपति कार्यालयको सो पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।

त्यसैगरी अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.